१५ किलो गाजाँसहित तीन भारतीय युवक पक्राउ

काठमाडौं । प्रहरीले १५ किलो गाजाँसहित तीन भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारास्थित जितपुर सिमरा उपमहानगरपालिका–२१ बस्ने भारतीय २४ वर्षीय सुरज पाण्डे तथा उनका साथी रहेका छन् । हेटौडाबाट पथलैया आउँदै गरेको अटोलाई ईलाका प्रहरीले जाँच गर्ने क्रममा उक्त अटोमा दुई बोरा गाजाँ फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया