करेन्ट लागेर एक महिलाको मृत्यु
उदयपुर । उदयपुर जिल्लाको कटारी नगरपालिका-८ टोड्केपानीको खरबारीमा बुधबार बेलुकी घाँस काटेर घर फर्कने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
कटारी इलाका प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ६८ वर्षीय गङ्गामाया खत्री रहेकी छन् । घाँसको भारी बोकेर बेलुकी ४ बजेतिर फर्कने क्रममा नजिकैको विद्युत् पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट विद्युत् प्रवाह भएकाले उनको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको र कम्बरदेखि मुनिको सम्पूर्ण भाग जलेको थियो ।
कटारीस्थित विद्युत् प्राधिकरण शखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीको करेन्ट लागेर मृत्यु भएको बताए ।
उनको मृत्युपछि आफन्तले शव बुझ्न नमानेकाले उक्त शाखाले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले बताए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया