रगतको प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने
पर्सा । जिल्लाको बिन्दवासिनी गाउँपालिकाका नागरिकलाई उपचारका क्रममा आवश्यक रगत लिँदा लाग्ने प्रयोगशाला परीक्षण शुल्क पालिकाले व्यहोर्ने भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखा र उक्त गाउँपालिकाबीच भएको सम्झौताअनुसार पालिकाले प्रयोगशाला परीक्षणवापत लाग्ने शुल्क नलिई रगत उपलब्ध गराउने भएको हो ।
कुनै पनि बिरामीलाई अन्य व्यक्तिको रगत उपलब्ध गराउँदा व्यक्तिको स्वास्थ्यमा समस्या वा केही रोग छ वा छैन भनी व्यक्तिको रगतलाई प्रयोगशालामा परीक्षणपश्चात् मात्र बिरामीलाई उपलब्ध गराउने गरिन्छ ।
अब परीक्षण शुल्क पालिकले व्यहोर्ने गरी रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु शाहले जानकारी दिए । विशेषगरी गाउँपालिकाका विपन्न एवं गरिब समुदायका बिरामीलाई सहुलियत मिलोस् भन्ने उद्देश्यले सो सम्झौता गरिएको उनले बताए ।
यसअगाडि पालिकावासीलाई उपचारका क्रममा रगत आवश्यक परेमा रेडक्रसले परीक्षणवापत लाग्ने शुल्क लिएर मात्र रगत उपलब्ध गराउने गरेको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया