लकडाउनले ६६ दिनसम्म घरमा एक्लै भएका बालक बने सेफ
बेइजिङ । चीनमा एक १३ वर्षीय बालकको जीवनमा अमेरिकी फिल्म ‘होम अलोन’ को कथाजस्तै घटना घटेको छ । ती बालक ६६ दिनदेखि आमाबाबु विना घरमा एक्लै बस्दै आएका थिए ।
चीनको कुनसाङमा कोरोना भाइरसको लकडाउनका कारण उनी बाध्यताले एक्लै घरमा बस्नु परेको थियो । उनका बुबाआमा अर्को सहरमा फसेका थिए ।
लामो समय घरमा कोही नहुनु र लकडाउनका लागि फुड डेलिभरी पनि नहुँदा ती बालकले फोनमार्फत् आफैं खाना पकाउन सिके ।
चिनियाँ पत्रिका साउथ चाइना मर्निङ पोस्टका अनुसार बच्चाका आमाबुवा उपचारका लागि फेब्रुअरी २८ मा सांघाई गएका थिए । तर त्यही बीचमा त्यहाँ अचानक लकडाउन घोषणा गरिएपछि उनीहरु सांघाईमा बस्नु पर्यो । उनीहरुले अप्रिलसम्म छोरालाई भेट्न पाएनन् ।
उनकी आमाले सुरुमा छोराको सुरक्षालाई लिएर निकै चिन्तित भएको बताइन् । तर विस्तारै छोराले आमालाई आफू सकुशल रहेको आश्वासन दियो । मार्चमा, उनले खाना वितरण गर्ने एपको सहयोगमा बच्चालाई घरमा खाना पठाइरहेका थिए तर पछि कोरोना संक्रमित बढ्दै गएपछि कुनसाङ सहरमा लकडाउन भयो ।
लकडाउनले खाना पुर्याउन बन्द भएपछि ती बालकले केही दिनसम्म चिप्स, बिस्कुट आदि प्याक गरिएको खाना खाइरहे । अन्तमा उनले नै आमालाई फोन गरेर फोनमा नै खाना पकाउन सिकाइदिन भने । आमाले फोनमा खान पकाउन सिकाएपछि उनले पकाउन थाले ।
अप्ठेरोमा हार नमानेको र आफूसँगै घरपालुवा जनावरको हेरचाह गरेकोमा आफ्नो छोराप्रति निकै गर्व लागेको बालककी आमा बताउँछिन् । तर अप्रिलमा करिब दुई महिनापछि घर पुग्दा उनीहरुले छोरालाई चिन्न सकेनन् । छोरासँगै घरपालुवा कुकुर र बिरालोको तौल बढेको थियो । घर पुरै फोहोर थियो ।
अङ्ग्रेजी फिल्म ‘होम अलोन’ मा मुख्य भूमिका निर्वाह गर्ने बालकले पनि आफ्नो ख्याल राखेको देखाइएको छ । फिल्म बालकले चोरबाट बचाउँछ, बजारबाट खाना ल्याउँछ । त्यसैगरी यो बच्चाको कथा बाहिर आएपछि चिनियाँ पत्रपत्रिकाहरुले यस बच्चाको कथालाई फिल्मको चरित्रसँग जोडेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया