तीन कम्पनीका औषधि गुणस्तरहीन
काठमाडौं । दुई कम्पनीको औषधि गुणस्तरहीन भेटिएको छ । मापदण्ड मिचेर त्यस्ता औषधि बजारमा बिक्री–वितरण गरेको भेटिएपछि औषधि व्यवस्था विभागले त्यसमा रोक लगाउँदै फिर्ता गर्न निर्देशन दिएको छ ।
माइक्रोल्याब लिमिटेड, भारतले उत्पादन गरेको माइक्रोसेफ २०० डिटी र क्युरेक्स फर्मास्युटिकल्स प्रालि, काभ्रेले उत्पादन गरेको भिटामिन सी च्युबल ट्बालेट आइपी ब्याच नं. ०४४ र ४५ गुणस्तरहीन प्रमाणित भएको हो ।
यी दुई कम्पनीको उत्पादनमा आवश्यक परिमाण नभेटिएको विभागले जनाएको छ ।
विभागले यी औषधि तत्काल बिक्री वितरण रोकेर बजारबाट फिर्ता (रि–कल) गर्न उद्योग र त्यसका आधिकारिक आयातकर्तालाई निर्देशन दिएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया