तीन कम्पनीका औषधि गुणस्तरहीन
काठमाडौं । दुई कम्पनीको औषधि गुणस्तरहीन भेटिएको छ । मापदण्ड मिचेर त्यस्ता औषधि बजारमा बिक्री–वितरण गरेको भेटिएपछि औषधि व्यवस्था विभागले त्यसमा रोक लगाउँदै फिर्ता गर्न निर्देशन दिएको छ ।
माइक्रोल्याब लिमिटेड, भारतले उत्पादन गरेको माइक्रोसेफ २०० डिटी र क्युरेक्स फर्मास्युटिकल्स प्रालि, काभ्रेले उत्पादन गरेको भिटामिन सी च्युबल ट्बालेट आइपी ब्याच नं. ०४४ र ४५ गुणस्तरहीन प्रमाणित भएको हो ।
यी दुई कम्पनीको उत्पादनमा आवश्यक परिमाण नभेटिएको विभागले जनाएको छ ।
विभागले यी औषधि तत्काल बिक्री वितरण रोकेर बजारबाट फिर्ता (रि–कल) गर्न उद्योग र त्यसका आधिकारिक आयातकर्तालाई निर्देशन दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया