साताको अन्तिम दिन दोहोरो अंकले घट्यो नेप्से, दुई अर्ब ३२ करोडको कारोबार
काठमाडाैं । कारोबारको पहिलो दिनदेखि लगातार बढेको नेप्से अन्तिम कारोबार दिन भने दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १८.६४ अंकले घटेर २३५०.४२ विन्दुमा पुगेको छ ।
त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.७० अंकले घटेर लागेर ४५३.९६ अंकमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ । आज कूल २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर खरिदबिक्री हुँदा दुई अर्ब ३२ करोड ८४ लाख ३४ हजार २७३ रूपैयाँ बराबरको कारोबार भएको छ ।
बिहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये उत्पादन र अन्यको सेयर मल्यमालवृद्धि भएको छ । उत्पादन १.४६ र अन्य ०.४१ अंकले उकालो लागेको छ । आज घटेका उपसमूहरमा बैंकिङ ०.११, व्यापार १.४१, होटल तथा पर्यटन १.१५, विकास बैंक २.१४, जलविद्युत् १.९५, वित्त ०.५६, निर्जीवन बीमा ०.८, लघुवित्त १.५३, जीवन बीमा २.१२, सामूहिक लगानी कोष १.१६ र लगानी १.७६ अंकले घटेको छ ।
कारोबारका आधारमा शिभम् सिमेन्टको सबैभन्दा बढी ११ करोड १० लाख ६७ हजार ४१८ रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै राधी विद्तुत कम्पनीको ८ करोड १० लाख ३४ हजार ९५७ रूपैयाँको कारोबार भएको छ ।
नेप्से घटेपनि आज जाल्पाको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया