बीमा कम्पनीमा हप्तामा दुई दिन विदा दिन समितिको निर्देशन
काठमाडाैं । सरकारले जेठ १ गतेदेखि हप्तामा दुई दिन विदा दिने निर्णय गरिसकेको छ । सरकारी कार्यालयसहित सहकारी र बैंकमा पनि यो नियम लागू हुने भएसँगै अब बीमा कम्पनीहरूमा पनि दुई दिन विदा दिन बीमा समितिले निर्देशन दिएको छ ।
सरकारले सातामा दुई दिन विदा दिने निर्णय गरेसँगै उक्त व्यवस्थालाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको छ । हप्तामा दुई दिनको विदा दिएसँगै कार्यालयको कार्य अवधि भने थप भएको छ । अहिलेसम्म प्रत्येक विहान १० बजे कार्यालय खुल्ने र ५ बजे बन्द हुने गरेको छ । अब भने विहान ९:३० बजे कार्यालय खुल्ने र ५:३० बजे बन्द हुने व्यवस्था राजपत्रमा उल्लेख गरिएको छ ।
दशैं र तिहारको सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिन भएमा तेस्रो दिनदेखि सेवा प्रवाह गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया