एलन मस्कको निशानामा अमेरिकी राष्ट्रपति जो बाइडेन
वासिंटन । ट्वीटर किनेर सनसनी मच्चाएका टेस्लाका सिइओ एलन मस्कले अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको बारे टिप्पणी गर्दै ट्वीट गरेका छन् । अर्कोतर्फ, ट्रम्पको बारेमा उनको ट्विटर एकाउन्ट पुर्नस्थापना गर्नुपर्ने पनि भनेका छन् ।
मस्कले भनेका छन्, ‘ट्रम्पको भन्दा अलि थोरै नाटक चाहने भएकाले बाइडेनलाई जनताले निर्वाचित गरेका हुन् । तर उनी आफूलाई देश परिवर्तन गर्न छानिएको सोच्छन् ।’
सन् २०२० मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरेका थिए । यो निर्वाचनमा सन् १९०० पछि सबैभन्दा बढी मत खसेको थियो ।
जितपछि जो बाइडेनले ट्वीटरमा जनतालाई धन्यवाद दिँदै लेखेका थिए, ‘अमेरिका, तपाईहरुले मलाई यो महान देशको नेतृत्व गर्न चुन्नुभएको छ, यो मेरा लागि सम्मानको कुरा हो ।’
मस्कले बाइडेनलाई निशाना बनाएको यो पहिलोपटक भने होइन ।
मार्चको सुरुमा पनि मस्कले बाइडेन बारे टिप्पणी गरेका थिए । मस्कले बाइडेनको स्टेट अफ द युनियनको एक सम्बोधनमा उनले टेस्लाको नाम उल्लेख नगर्दासम्म कसैले उनको सम्बोधन नसुनेको बताएका थिए ।
एलन मस्कले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर किन्ने प्रक्रिया पूर्णतया सफल भएमा उनीमाथि लगाइएको स्थायी ट्वीटर प्रतिबन्ध हटाउने बताएका छन् ।
यसअघि सन् २०२१ मा ट्वीटरले हिंसालाई बढावा दिने सम्भावनालाई ध्यानमा राखेर यस्तो गरिएको भन्दै ट्रम्पको ट्वीटर अकाउन्टमा प्रतिबन्ध लगाएको थियो । फाइनान्सियल टाइम्स फ्युचर अफ द कार समिटमा ट्रम्पको बारेमा सोधिएको प्रश्नको जवाफ दिँदै मस्कले आफ्नो खातामा प्रतिबन्ध लगाउनु नैतिक रूपमा गलत र मूर्खतापूर्ण भएको बताए ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया