काभ्रेको चौंरीदेउरालीकाे मतदान केन्द्रमा मतपेटिका तोडफोड
काठमाडौं । काभ्रेको चौंरीदेउराली गाउँपालिकास्थित एक मतदान केन्द्रमा मतपेटिका फुटाइएकाे छ ।
नेकपा एमाले नेतृ नविना लामाले फेसबुकमा स्ट्याटस लेख्दै त्यहाँ गठबन्धनले मतपेटिका फुटाएको जनाएकी छन् ।
उनले कातिके देउराली वड़ा न ६ मा गठबन्धनले मत पेटिका फ़ुटाएको र एमालेका एक कार्यकर्ता घाइते भएकाे जनाएकी छन् ।
एक जनाको भोट परिवारभित्रकै अर्को व्यक्तिले हालेपछि त्यहाँ विवाद सुरु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । तनावपछि सर्वदलीय बैठक राखेर दुवै पक्षबीच छलफल भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया