NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सप्तरीको डाक्नेश्वरीको मतदान जेठ १ सम्मका लागि स्थगित

काठमाडौं । सप्तरीको डाक्नेश्वरी गाउँपालिकाको एक मतदान केन्द्रको मतदान कार्य जेठ १ गतेसम्मका लागि स्थगित भएको छ ।

डाक्नेश्वरी नगरपालिका–२ को हरिरबा जनता मावि मतदान केन्द्रको मतदान तनावपछि जेठ १ गतेसम्मका लागि स्थगित गरिएको हो ।

मतदान अधिकृतले आफूखुसी अशक्तको मतदान गरेको विषयले विवाद भएपछि यहाँ तनाव भएको थियो । त्यसक्रममा आक्रोसित समूहले मतदान अधिकृत विपीन यादवलाई कुटपिट गरेको थियो । कुटिपटबाट यादव घाइते छन् । उनलाई अहिले उपचारका लागि राजविराज लगिएको छ ।

यो मतदान केन्द्रमा दुई हजार मत खसिसकेको बताइएको छ । अब जेठ १ गते आज मत जाहेर गर्न नपाएकाले मतदान गर्नेछन् ।