एमाले संसदीय दलको बैठक बानेश्वरमा जारी
काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको आकस्मिक बैठक संसद् भवन नयाँ बानेश्वरमा सुरू भएको छ ।
सत्ता गठबन्धनका एक चौथाइ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव आइतबार संसद् सचिवालयमा पेश गरेपछि एमालेले आकस्मिक रूपमा संसदीय दलको बैठक बोलाएको हो ।
सरकारले चुनाव नगराउने षड्यन्त्रकासाथ प्रधानन्याधीशमाथि महाभियोग प्रस्ताव ल्याएको एमालेले निष्कर्ष निकालेको छ । सोमबार साँझ बसेको एमाले सचिवालय बैठकले महाभियोगको कडा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
‘आजको बैठकले महाभियोगको कडा प्रतिवाद गर्छ । चुनाव नगराउने सरकारको षड्यन्त्र हो’, संगठन विभाग प्रमुख खगराज अधिकारीले भने, ‘संसदीय दलमा यसबारे गम्भीर छलफल गरेर निर्णयमा पुग्छौं ।’
संसद्मा सबैभन्दा ठूलो दल रहेको एमालेको सहयोगविना प्रधानन्यायाधीशमाथि लागेको महाभियोग पारित हुने अवस्था छैन ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया