नेपाल आज टेष्ट राष्ट्र आयरल्यान्डसँग भिड्दै
काठमाडौं । ओमानमा जारी चारदेशीय टि–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत अन्तिम खेलमा नेपालले आज आयरल्यान्डको सामना गर्दैछ ।
नेपाल र टेस्ट राष्ट्र आयरल्यान्डबीचको खेल ओमनको अल अमरेत क्रिकेट मैदानमा नेपाली समयानुसार अपराह्न ३ः४५ मा सुरु हुनेछ ।
सिरिजअन्तर्गतको आफ्नो पहिलो खेलमा नेपालले आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो ।
त्यस्तै दोस्रो खेलमा भने नेपाल संयुक्त अरब इमिरेट्स (युएई) सँग २५ रनले हार्न पुगेको थियो ।
यता आयरल्यान्डले पनि पहिलो खेलमा ओमानलाई नौ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा आयरल्यान्ड युएईसँग १३ रनले पराजित भएको थियो ।
यस आयरल्याडसँगको खेलसँगै नेपालको आइसिसी टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ‘ए’ को सम्पूर्ण तयारी पूरा हुनेछ ।
ताजा अपडेट
-
इन्सपेक्टर पौडेलले गरे सगरमाथा आरोहण
-
ग्रिनकार्डको प्रलोभनमा बिहे गरेर चीनमा नेपाली युवतीको तस्करी
-
सिडिओ कार्यालयका अधिकृतलाई गोली हानी हत्या गर्ने १६ वर्षपछि समातिए
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक
-
वैशाख मसान्तसम्ममा ११ खर्ब ७७ अर्ब व्यापार घाटा
प्रतिक्रिया