चामेमा वडाध्यक्षका दुई उम्मेदवारको समान मत, गोला थुत्दा एमाले विजयी
काठमाडौं । मनाङको चामे गाउँपालिका–५ मा एमाले र कांग्रेसका वडाध्यक्ष उम्मेदवारले बराबर मत ल्याएका छन् । दुवै उम्मेदवारले त्यहाँ समान ३०–३० मत ल्याएका हुन् ।
दुवै उम्मेदवारले समान मत हासिल गरेपछि गोलाप्रथाबाट हारजित छुट्याइएको छ । जसमा एमालेका उम्मेदवार कैले गुरुङले बाजी मारेका छन् ।
निर्वाचनत अधिकृतको कार्यालयले गोलाप्रथाबाट एमालेका कैले गुरुङ विजयी भएको जनाएको छ ।
विजयी गुरुङसँग कांग्रेसका फुर्वा छिरिङ लामा प्रतिस्पर्धामा थिए । गुरुङ यसअघि पनि सोही वडाका वडाध्यक्ष थिए ।


प्रतिक्रिया