भरतपुर महानगरपालिकामा अझै मतगणना शुरु हुन सकेन
भरतपुर । भरतपुर महानगरपालिकाको मत गणना अझै हुन सकेको छैन । विहान ८ बजे सर्वदलीय बैठक बसेर ९ बजेबाट मतगणना शुरु गर्ने भनिएपनि बैठक बस्न सकिरहेको छैन । दलका प्रतिनिधिहरु आउन ढिलाई हुँदा बैठक बस्न नसकेको निर्वाचन अधिकृत प्रकाश अधिकारीले बताए ।
यस्तै चितवनका अन्य नगरपालिकाहरुमा भने मत गणना भइरहेको छ । अहिलेसम्मको नतिजाअनुसार खैरानी नगरपालिकामा एमालेले अग्रता लिएको छ । कालिका नगरपालिकामा कांग्रेस र एमाले बराबर मत पाएको छ । यस्तै राप्ती नगरपालिकामा एमालेले १५२ मत पाएर अग्रता लिएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया