काठमाडौंमा एक हजार मतगणना, यस्तो छ पछिल्लो अपडेट
काठमाडौं । बहुचर्चित काठमाडौं महानगपालिकामा एक हजार मतगणना भएको छ । बिहान ८ बजेबाट सुरु भएको मतगणनामा सुरुदेखि नै स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता लिइरहेका थिए ।
उनी ३५६ मतसहित अग्रपंक्तिमा छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापित ३०८ मतसहित दोस्रो स्थानमा छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९७ मत प्राप्त गरेकी छन् ।
त्यस्तै, स्वतन्त्रतर्फका अर्का उम्मेदवार सुमन सायमीले १९७ मत प्राप्त गरेका छन् भने विवेकशील साझाकी उम्मेदवार समीक्षा बाँस्कोटाले ५२ मत ल्याएकी छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मदनदास श्रेष्ठले ३९ मत प्राप्त गरेका छन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया