बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिसमा परेको छ । सोमबार बसेको सिफारिस समितिको बैठकले बोर्डको अध्यक्षका लागि डा. गोपाल भट्ट, रमेश हमाल र कृष्णराज पोखरेलको नाम सिफारिस गरेको हो।
अब बस्ने मन्त्रिपरिषदको बैठकले यी तीन जनामध्येबाट एक जनालाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने छ । बोर्डको अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । १५ जनाबाट ५ जना हुँदै ३ जनाको नाम छनोटमा परेको छ । ५ जनामध्येसँग गरिएको अन्तर्वार्तामा सहभागीमध्ये निरज गिरी र खगेन्द्र कटुवाल हटेका छन् ।
छनोटमा परेका भट्ट राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक र हमाल पूर्वगैरआवासीय नेपाली हुन् । त्यस्तै पोखरेल बोर्डकै उपकार्यकारी निर्देशक हुन् ।
सर्वोत्तम सिमेन्ट सेयर प्रकरणमा मुछिएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले जाँचबुझ समितिको प्रतिवेदनका आधारमा असोजमा बर्खास्त गरिसकेको छ । अब बोर्डमा अध्यक्ष हुनेले २ वर्ष काम गर्न पाउनेछन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया