७४७ कोरोना सङ्क्रमित थपिए, २३१९ सङ्क्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय आठ हजार ६९६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७३ हजार ५४१ पुगेको छ ।
एन्टिजेन परीक्षण गर्नेको सङ्ख्या एक लाख ३७ हजार ६७७ रहेको छ ।
पछिल्लो समय थप दुई हजार ३१९ सङ्क्रमणमुक्त भएका छन् ।
योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ४० हजार ९०२ पुगेको छ । यो दर ९६ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हालसम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९०० पुगेको छ भने पछिल्लो २४ घण्टामा थप आठ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।
यस्तै, पछिल्लो समय दुई लाख १६ हजार ११८ ले खोप लगाएका छन् । हालसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २० हजार ७३९ रहेको छ ।
अहिले होम आइसोलेशनमा १९ हजार ९३० रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा ८०९, आइसीयुमा १७८ र भेन्टिलेटरमा ३४ जनाले उपचार गराइरहेका छन् ।
प्रतिक्रिया