काठमाडौं महानगरमा भोट क्रसको रोमाञ्चक दृश्य

काठमाडौं । काठमाडौं महानगर पालिकामा वडा नं १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
अहिलेसम्मको मतपरिणाममा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । उनले अहिलेसम्म १९२३ मत प्राप्त गरिसकेका छन् ।
एमालेका मेयरका उम्मेदवार केशव स्थापितले १२ सय ३ मत प्राप्त गरेका छन् । गठबन्धनतर्फ कांग्रेसका सिर्जना श्रेष्ठले ९ सय ९२ मत प्राप्त गरेकी छिन् ।
काठमाडौँ महानगरमा एमालेले जित्ने दावी गरेको थियो । तर केशव स्थापित फराकिलो मत अन्तरमा पछाडी पर्दै जाँदा उनको उपमेयरका उम्मेदवार सुनिता डंगोलले १७४३ मत प्राप्त गरेकी छिन् ।
एमालेको मेयरले भन्दा उपमेयरले फराकिलो मत अन्तर पाएकी छिन् । एमालेको कार्यकर्ताले समेत मेयरमा स्थापितलाई भन्दा वालेन्द्र साहलाई मत दिएको मतपरिणामले देखाएको छ ।
यस्तै गठबन्धनतर्फ उपमेयरका उम्मेदवार रामेश्वर श्रेष्ठको मत पनि एमालेकी उम्मेदवार डंगोललाई गएको छ ।
गठबन्धनतर्फ मेयरमा खसेको मत भन्दा गठबन्धनतर्फका उपमेयरले पाएको मत आधा कम छ ।
यो तथ्यांक करिब चार वडाकाे मतगणना हुँदाको आँकडा हो । तसर्थ मत अग्रता जुनसुकै बेला परिवर्तन हुन सक्छ । तर सुरुवाती आँकडाले काठमाडौँ महानगरका मतदाताले पार्टीगत उम्मेदवारलाई अस्वीकार गरेर व्यक्तिगत रुचीमा मतदान गरेको देखाएको छ ।
महानगरमा करिब एक लाख ९० हजार मत खसेको छ । अहिलेकै आँकडाअनुसार अन्तिम मतपरिणाम आए, मेयरमा बालेन्द्र साह र उपमेयरमा सुनिता डंगोल विजयी हुने छन् । र काठमाडौँ महानगरपालिका ५ बर्षका लागि ३५ बर्ष कम उमेरका युवा पुस्ताको नेतृत्वमा जानेछ ।
प्रतिक्रिया