कोरोना निको हुने दर ९८ प्रतिशत, १४२ सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार १८८ जनामा परीक्षण गर्दा सात जनामा कोरोना पुष्टि भएको हो ।
गत २४ घण्टामा १५ जना निको भएर घर फर्किएका छन् । यससँगै निको हुनेको संख्या ९ लाख ६६ हजार ९०४ पुगेको छ । नेपालमा संक्रमितमध्ये ९८ प्रतिशत निको भएका छन् ।
पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् । कोरोना विरुद्धखोप लगाउनेको संख्या ११ हजार ६९२ रहेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया