फेरि जित्यो माओवादीले अर्को गाउँपालिका
उदयपुर । जिल्लाको लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) का मेजरकुमार राई विजयी भएका छन् । उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पुष्पकुमार राईको पल्लाभारी भएको छ ।
निकटतम प्रतिस्पर्धामा रहेका नेकपा (एमाले)का राजकुमार राईलाई पराजित गर्दै मेजरकुमार विजयी भएका हुन् । विजयी राईले १ हजार ८१८ मत ल्याउँदा राजकुमारले एक हजार ३३८ मत प्राप्त गरे ।
उपाध्यक्षमा विजयी राईले १ हजार ६४० र उनको निकटतमप्रतिद्वन्द्वी एमालेकी उम्मेदवार गीता कार्कीले एक हजार ३१२ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कायालय, उदयपुरले बताएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया