मोटरसाइकल दुर्घटना हुँदा दीपायलमा १ जनाको मृत्यु
डोटी । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् ।
पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएको हो भने मोटरसाइकल चालक योगेश कठायत गम्भीर घाइते भएका छन् ।
उनको टाउको र शरीरमा चोट लागेको र अहिले शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । मृतक नवराजको शवपरीक्षणका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया