मोटरसाइकल दुर्घटना हुँदा दीपायलमा १ जनाको मृत्यु
डोटी । दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ सुनगढा बस्ने २३ वर्षीय नवराज कठायत रहेका छन् ।
पुरानो क्षेत्रीय सदरमुकाम राजपुरबाट पिपल्ला बजारतर्फ आउँदै गर्दा उक्त मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका नवराजको पिपल्लामा रहेको शैलेश्वरी अस्पतालमा उपचारमा क्रममा अहिले मृत्यु भएको हो भने मोटरसाइकल चालक योगेश कठायत गम्भीर घाइते भएका छन् ।
उनको टाउको र शरीरमा चोट लागेको र अहिले शैलेश्वरी अस्पतालमै उपचार भइरहेको छ । मृतक नवराजको शवपरीक्षणका लागि जिल्ला अस्पताल सिलगढीमा पठाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया