छ जनालाई नइ पुरस्कार प्रदान गर्ने निर्णय (नामावलीसहित)

काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्राडा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशन सदस्य–सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
यी दुवै पुरस्कारको राशि ताम्रपत्रसहित जनही रु ६० हजार रहेको छ ।
त्यसैगरी, काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषा साहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियानकर्मी ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको हो । यी तीनै पुरस्कारको राशि ताम्रपत्रसहित जनही रु ५० हजार रहेको छ ।
साथै, मिस नेवा कृसा महर्जनलाई ताम्रपत्रसहित रु २५ हजार राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया