छ जनालाई नइ पुरस्कार प्रदान गर्ने निर्णय (नामावलीसहित)
काठमाडौं । नइ प्रकाशनले राष्ट्रिय जनजीवनका छ जनालाई २०७८ सालको नइ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । नइ प्रकाशनबाट सुनगाभा विशेषज्ञ प्राडा विजया पन्तलाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र साहित्यकार गङ्गा लिगललाई ‘नइ रेखा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको नइ प्रकाशन सदस्य–सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए ।
यी दुवै पुरस्कारको राशि ताम्रपत्रसहित जनही रु ६० हजार रहेको छ ।
त्यसैगरी, काठमाडौँ उपत्यकाबाहिर रहेर नेपाली भाषा साहित्यमा क्रियाशील कञ्चनपुरका श्रीमती नारा जोशीलाई ‘नइ बुलु शर्मा पुरस्कार’, साहित्यकार, पत्रकार तथा सामाजिक अभियानकर्मी ठाकुर बेलवासेलाई ‘नइ देरुनीख गौरव पुरस्कार’ र तेस्रोलङ्गी भक्ति शाहलाई ‘नइ रामलक्ष्मी पुरस्कार’ समर्पण गरिने भएको हो । यी तीनै पुरस्कारको राशि ताम्रपत्रसहित जनही रु ५० हजार रहेको छ ।
साथै, मिस नेवा कृसा महर्जनलाई ताम्रपत्रसहित रु २५ हजार राशिको ‘नइ देरुनीख पौरख पुरस्कार’ समर्पण गरिने भएको छ । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले उक्त निर्णय गरेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया