गौतम बुद्ध विमानस्थल सञ्चालन, कुवेतबाट पहिलाे उडान
लुम्बिनी । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रधानमन्त्री शेरबहादुर देउबाले सोमबार बिहान औपचारिक उद्घाटन गरेका छन् । नेपालको हवाई इतिहासमा ७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो ।
विमानस्थलमा सोमबार कुवेतको जजिरा एयरवेजले पहिलो व्यवसायिक उडान गरेको छ ।
जजिरा एयरवेज विहान ६ : ५५ विमानस्थलमा अवतरण गरेको थियो । यो एयरलाइन्सले साताको दुई वटा उडान गर्नेछ । भैरहवा–कुवेत पहिलो व्यवसायिक उडान भरेको यो जजिरा ८ : १५मा फर्कनेछ ।
यस्तै नेपाल वायुसेवा निगमको न्यारोबडीले समेत उडान गरेको छ । निगमले भने काठमाडौं भैरहवा उडान गरेको हो । यो व्यवसायिक उडानमा वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढी छ ।
बुद्ध पूर्णिमाको अवसरमा विमानस्थल उद्घाटन गरिएको हो । बुद्धजयन्ती कै अवसर पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सोमबार नै लुम्बिनी आउने छन् ।
उनी बिहान १० बजे लुम्बिनी पुगेर त्यहाँ मायादेवी मन्दिरको दर्शन गर्ने, लुम्बिनी विकास कोषले आयोजना गरेको कार्यक्रमलाई पनि सम्बोधन गरेर साँझ ५ बजे भारत फर्किनेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया