भक्तपुरमा नेमकिपाको अहिलेसम्मकै फराकिलो जित
भक्तपुर । यसपटकको स्थानीय तह निर्वाचनको अहिलेसम्म सार्वजनिक मतपरिणाममा सबैभन्दा फराकिलो मतअन्तरमा नेपाल मजदुर किसान पार्टी विजयी भएको छ ।
भक्तपुर जिल्लाको भक्तपुर नगरपालिकाको मेयर र उपमेयरमा नेमकिपाका उम्मेदवार देशभरबाट सार्वजनिक भएका परिणाममा सबैभन्दा फराकिलो अन्तरमा विजयी भएका हुन् ।
नेमकिपाबाट मेयर उम्मेदवार सुनिल प्रजापतिले २९ हजार र उपमेयर रजनी जोशीले २९ हजार ६९५ मतका साथ जित दर्ज गराएका हुन् ।
मेयरकाे याे प्रतिस्पर्धामा नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३ हजार १९९ र नेकपा एमालेका रवीन्द्र लाछिमस्युले २ हजार ६६७ मत मात्र ल्याउन सके ।
भक्तपुर नगरपालिकामा प्रजापति र जोशीको यो दोस्रो कार्यकाल हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया