NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

चुनावी नतिजामाथि प्रचण्डका तीन टिप्पणी

काठमाडौँ । निर्वाचनको मतपरिणाम सार्वजनिक भइरहँदा अहिलेसम्म माओवादी केन्द्रले २६ स्थानीय तहमा जित निकालेको छ । यो प्रतिस्पर्धाको पहिलो नम्बरमा रहेको कांग्रेसले ५४ र एमालेले ४७ पालिकामा जित निकालेको छ ।

जनमत खुम्चिँदै गएको माओवादीले प्राप्त गरेको सिट उत्साहजनक हो । तर खुमलटारमा बसेर चुनावी नतिजा हेरिरहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने पार्टीको पक्षमा आएको मतपरिणामबाट सन्तुष्ट छैनन् ।

विशेषगरी तराईमा बिग्रिएको संगठन र गुम्दै गएको जनमतप्रति प्रचण्ड बढि नै चिन्तित छन् । प्रचण्डलाई उधृत गर्दै उनको सचिवालय स्रोतले भन्यो ‘अध्यक्ष प्रचण्ड तराईको नजिताले बढि चिन्तित देखिनु भएको छ । उहाँले भेट्न आउने नेताहरुसँग पनि यतातर्फ बढि चिन्ता गरेको देखिन्छ ।’

सचिवालयका अनुसार पछिल्लो तीन दिन प्रचण्डको अधिकाशं समय टेलिभिजनको पर्दा र मोबाइलको स्क्रीनमा वितिरहेको छ । देशभरको चुनावी अपडेटलाई अध्यक्ष प्रचण्डले निकै चासोका साथ हेरिरहेका छन् ।

उनले नजिताबाट तीन वटा विषयलाई गम्भिरतापूर्वक लिएका छन् ।

मुख्य विषय, सत्ता गठबन्धनभित्र एक अर्काप्रति विस्वासको वातावरण बन्न नसकेको प्रचण्डको निष्कर्ष छ । बिशेषगरी कांग्रेसका कार्यकर्ताले माओवादीलाई भोट हाल्न नचाहेको विषयलाई प्रचण्डले गम्भिरतापूर्वक लिएका छन् ।

जस्तै ललितपुर महानगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्रको उम्मेदवारले चुनाव लडेका थिए । तर मतगणनाको नतिजा आइरहँदा मेयरका उम्मेदवार चिरिबाबु मर्हजनले ४ हजार ४ सय ७३ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादीका उपमेयर बाबुराज बज्रचार्यले एक हजार ४ सय ६४ मत मात्र प्राप्त गरेका छन् । र उपमेयरमा नेकपा एमालेको उम्मेदवारले ठूलो मतअन्तरमा अग्रता लिइरहेका छन् ।

यस्तो अवस्था देशैभर देखिएपछि प्रचण्ड गठबन्धनसँग निराश बनेको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रचण्डलाई चिन्ताको विषय बनेको दोस्रो विषय हो, मधेसमा संगठन विग्रनु । मधेसमा तुलनात्मक रुपमा बलियो रहेको माओवादी केन्द्र स्थानीय तह निर्वाचनपछि भने कमजोर देखिएको छ ।

२०७४ को तुलनामा संगठन निकै कमजोर देखिएपछि प्रचण्ड बढि नै चिन्तित देखिएका छन् । यसबारे उनले आफ्ना नेताहरुलाई बोलाएर परामर्श लिइरहेका छन् ।

तेस्रो विषय चाँही, आफ्नै संगठनबाट बागी उम्मेदवारी हुँदा बलियो रहेको पालिकाहरुमा समेत पार्टी पराजीत भएको विषय । आन्तरिक द्धन्द्धका कारण अहिलेसम्म १३ स्थानीय तहको नेतृत्व माओवादीले गुमाउनु परेको खुमलटारको विश्लेषण छ ।

उनले अहिलेको नतिजाभन्दा २०७४ मा एक्लै प्रतिस्पर्धामा गएर आएको परिणाम उत्साहजन भएको बताउन थालेका छन् ।

प्रचण्डले नेताहरुलाई खुमलटार बोलाएर मतगणना सकिएलगत्तै गठबन्धन बैठकमा समिक्षा गर्ने बताएको उनको सचिवालयले जनाएको छ ।