बीमा समितिमा २८८ वटा उजुरी, ९४ वटाको मात्रै फैसला
काठमाडौं । बीमा समितिमा चालु आर्थिक चैत्रसम्ममा २८८ वटा उजुरी परेको छ । जसमध्ये समितले हालसम्म ९४ वटाको मात्रै फैसला गरेको छ ।
समितिले बीमा कम्पनीविरूद्ध दर्ता गराएका उजुरीमध्ये १९४ वटा उजुरीको फैसला गर्न बाँकी छ । बीमितले दिएका बीमा दाबी सम्बन्धी उजुरीहरूलाई प्राथमिकताका साथ निर्णय प्रक्रियामा सामेल गरी ती उजुरीलाई किनारा लगाइएको समितिले जनाएको छ ।
बीमा ऐन, २०४९ ले बीमा समितिलाई बीमित र बीमकको बीचमा उत्पन्न हुने बीमासम्बन्धी विवादमा मध्यस्थता गर्ने एवं बीमा दायित्व निर्धारणका सम्बन्धमा बीमकका विरूद्ध बीमितले दिएको उजुरीमाथि निर्णय गर्ने अर्धन्यायिक निकायका रूपमा स्थापना गरेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया