ग्लोबल आइएमई बैंकको ५०औं एक्सटेन्सन काउन्टर गोरखाको चित्रेपोखरीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले गोरखाको सिरानचोक गाँउपालिका-५, चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहने गरी यस एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकको ५०औँ एक्सटेन्सन काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिको सदस्य रामजी रेग्मीले गरेका छन् ।
‘सबैका लागि बैंक’ भन्ने नाराका साथ २८ लाख भन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले मुलुकभर तथा मुलुक बाहिर ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखा रहित बैंकिङ सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८६० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया