रहेनन् वरिष्ठ साहित्यकार ताना शर्मा
काठमाडौं । वरिष्ठ साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज मस्तिष्काघातबाट निधन भएको छ । उनी ताना शर्माका नामबाट लोकप्रिय थिए ।
विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका उनी ‘झर्रोवादी आन्दोलन’ का एक अगुवा थिए । उनका नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौं कृति छन् ।
डा शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि विसं २०२६ मा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।
उनी पाठ्यपुस्तक लेखक पनि हुन् । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले दिवङ्गत शर्माको निधनबाट नेपाली वाङ्यमयको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताए ।
शर्माको अन्त्येष्टि आज मध्यान्ह १२ बजे पशुपति आर्यघाटमा गरिने जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया