८ अंकले बढ्यो नेप्से, कारेबार रकम घट्यो
काठमाडाैं । बुधबार सेयर बजार बढेको छ । मंगलबार उच्च अंकले घटेको सेयर बजार आज सामान्य बढेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से ८.९० अंकले बढेर २७७४.४२ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.४१ अंकले बढेर लागेर ४३१.०९ अंकमा पुगेको छ ।
बुधबार नेप्से बढेपनि कारोबार रकममा भने सुधार आउन सकेन । आज कुल २२७ कम्पनीको ३१ लाख ५६ हजार ९१३ सेयर खरिद बिक्री हुँदा एक अर्ब ३२ करोड ६३ लाख २० हजार ३४६ रूपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कूल २२१ कम्पनीको ३५ लाख ९५ हजार ६८ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४ लाख ५० हजार २३९ रूपैयाँ बराबरको कारोबार भएको थियो ।
आज कारोबार भएका १३ वटा उपसमूहमध्ये ५ उपसूमहको सेयरमूल्य घटेको छ भने बाँकीको बढेको छ । आज सबैभन्दा बढी जलविद्तुतको सेयरमूल्य २.८ प्रतिशतले बढेको छ । त्यस्तै बैंकिङ ०.२४, होटल तथा पर्यटन ०.३, विकास बैंक १.४२, वित्त १.१२, अन्य ०.७६, लघुवित्त ०.१, र लगानी ०.६६ प्रतिशतले बढेको छ ।
त्यस्तै व्यापार ०.१९, नीर्जीवन बीमा कम्पनी ०.४१ , उत्पादन ०.४८, जीवन बीमा कम्पनी ०.८७ र सामूहिक लगानी कोष ०.२५ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज अरुण भ्याली हाइड्रोपावरको सबैभन्दा धेरै ५ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ छ । त्यस्तै जाल्पा लघुवित्तको ४ करोड ९५ लाख, हिमालयन डिस्टिलरीको ४ करोड ३९ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ।
बुधबा राधि विद्युतको सेयरमूल्य सबैभन्दा धेरै ६.०२ प्रतिशतले बढेको छ भने सिनजी पावरको ५.९१ प्रतिशत, बरुण हाइड्रोपावरको ५.७७ प्रतिशत इमर्जिङ नेपालको ५.५७ प्रतिशत र नेश्नल हाइड्रोपावरको ५.५४ प्रतिशतले बढेको छ।
सुर्योदय वोमी लघुवित्तको सेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने प्रुडेन्सियल इन्स्योरेन्सको ४.३९ प्रतिशत, सुर्य लाइफ इन्स्योरेन्सको ४.२८ प्रतिशत, एशियन लाइफ इन्स्योरेन्सको ३.९८ प्रतिशत र महुलि लघुवित्तको शेयरमूल्उ २.९९ प्रतिशतले घटेको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया