आफ्नै निर्वाचन क्षेत्रमा गोकुल बाँस्कोटालाई झट्का, गुम्यो महत्वपूर्ण बनेपा नगर
काठमाडौं । एमालेका नेता गोकुल बाँस्कोटाको प्रभाव रहेको क्षेत्र बनेपा नगरपालिकाको मेयर एमालेले गुमाएको छ । २०७४ सालमा एमालेले जितेको बनेपा यसपटक कांग्रेसले जितेको हो ।
कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७ साय ९३ मत ल्याएर विजयी भएका हुन् । एमालेका रत्नकुश रञ्जितकारले ११ हजार ८ सय ३५ मत ल्याए ।
उपमेयरमा पनि एमालेकी विमला सापकोटा विजयी भएकी छिन् । उनले ११९१२ मत ल्याउँदा पराजित माओवादीका रघुवर प्रधानले १० हजार ५ सय १५ मत ल्याए ।
अघिल्लोपटक बनेपको मेयर र उपमेयर दुवै एमालेले जितेको थियो । तर निर्वाचनको मुखैमा एमालेबाट मेयर जितेका लक्ष्मीनरसिंह बादेले एमाले त्यागेपछि बनेपा नगरमा एमालेलाई धक्का लागेको हो ।
यही नगरपालिकाले संघीय निर्वाचनमा काभ्रे २ को मत परिणामलाई पनि असर पार्ने गर्छ । तर यही नगरपमा एमालेको नतिजा उल्टिएको हो । एमालेका नेता गोकुल बाँस्कोटाले बनेपासहितका चुनावी क्षेत्रबाट जितेका थिए । धेरै जनसंख्या रहेको यही नगरपालिकाले जितहारमा भूमिका खेल्नेछ । निर्णायक नगरपालिका नै पराजित भएपछि गोकुलका लागि पनि धक्का लागेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया