NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

घोराही उपमहानगरपालिकामा गठबन्धन परास्त, चौधरी बने मेयर

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकामा सत्तागठबन्धन दल पराजित भएको छ । उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको हो ।

घोराहीको मेयरका लागि एमालेबाट नरुलाल चौधरी र सत्तागठबन्धनअन्तर्गत माओवादी केन्द्रबाट हेमराज शर्मा (डायमन्ड) चुनावी प्रतिस्पर्धामा थिए । चौधरीले गठबन्धनबाट माओवादी केन्द्रका नगरप्रमुखका उम्मेदवार ५ हजार ३३० मतले पराजित गरेका हुन् ।

चौधरीले ३१ हजार ७२८ मत प्राप्त गरी विजय दर्ता गराउँदा शर्मा २६ हजार ३६८ मतमा रोकिए ।

नगरप उपप्रमुखमा पनि एमालेकै हुमा डिसी विजयी भएकी छन् । कांग्रेसका भुपबहादुर डाँगीलाई ४९ मतको झिनो मतान्तरमा हराउँदै डिसी निर्वाचित भएकी हुन् ।
डिसीले ३ हजार ४०३ र डाँगीले ३ हजार ३५४ मत प्राप्त गरेका छन् । `