पर्वतको विहादीको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले
पर्वत । जिल्लाको विहादी गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका परविन गुरुङ निर्वाचित भएका छन् ।
गुरुङ ३ हजार ४६९ मत ल्याएर विजयी भएका हुन् । उनले एमालेका ओम कुँवरलाई ५३२ मतान्तरले पराजित गरे । कुँवरले २ हजार ९३७ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकी मीना तिवारी निर्वाचित भएकी छन् । तिवारीले ३ हजार २२७ मत ल्याएर विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका सन्तबहादुर गुरुङले ३ हजार ५० मत ल्याए ।
यहाँ ६ वडामध्ये ३ वटामा एमाले, २ मा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ । वडा नं १, ३ र ५ मा एमाले, वडा नं २ र ४ मा काँग्रेस तथा वडा नं ६ मा माओवादी केन्द्र विजयी भयो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया