आइएमई पेबाट हवाई टिकट काट्नेले सुनको सिक्का जित्ने अवसर
काठमाडाैं । आइएमई पेले आफ्ना ग्राहकका लागि हवाई टिकटमा निःशुल्क सुनको सिक्का जित्न सक्ने योजना सार्वजनिक गरेको छ । आइएमई पेको एपबाट हवाई टिकट बुक गर्ने दुई भाग्यशाली यात्रुले महिनामा सुनको सिक्का पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार योजना अवधिभर आइएमई पे एपबाट हवाई टिकट काट्दा हरेक हप्ता ५ जनालाई चाँदीको सिक्का र हरेक दिन एक जोडी बिजेतालाई चन्द्रागिरि केबलकारको दुईवटा टिकक पाउनेछन् ।
हवाई सेवा अहिले सबैभन्दा बढ्ता रूचाइएको यातायातको माध्यम हुन पुगेको छ। आरामदायी र छिटो यात्रा गर्नको लागि अहिले कैयौँ यात्रुहरुले हवाई यातायात नै रोज्छन्। यस्ता यात्रुहरुले सहजताका निम्ति आइएमई पेबाटै घरमै बसेर हवाई टिकट बुक गर्न मिल्ने बताइएको छ।
अझ बढी यात्रुहरुलाई हवाई यात्राका सेवा दिन र पुराना यात्रुहरुलाई निरन्तरता दिन प्रेरित गर्न आइएमई पेले योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
यस योजनालाई संचालन गर्न कम्पनीले केही निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ। जसअनुसार आइएमई पे एपको सम्पूर्ण दर्ता भएका प्रयोगकर्ताहरु यस योजनाको निम्ति योग्य हुने कम्पनीले जनाएको छ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया