एनएमबि बैंकद्वारा माइती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

काठमाडाैं । एनएमबि बैंकद्वारा माईती नेपालका दिदिबहिनीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा माईती नेपालका ५३ जना दिदिबहिनीहरुको उपस्थिति रहेको थियो ।
बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रममा उपस्थित दिदिबहिनीहरुलाई उत्प्रेरणा दिंदै बचत, लगानी, विभिन्न प्रकारका कर्जा तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य विभिन्न सेवाहरुको विषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
गत वर्ष महिला उद्यमशिल सहुलियतपूर्ण कर्जा लगानी गर्न एउटा अग्रणी बैक रहेको बैंकले नारी सशक्तिकरणको लागि विभिन्न समयमा विभिन्न महिला समूहरुलाई वित्तिय साक्षरता कार्यक्रम आयोजना गर्दै आइरहेको छ । माइती नेपालका दिदिबहिनीहरुलाई गरिएको यस कार्यक्रमले उनिहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बैंकले विश्वास लिएको छ । बैंक र माईती नेपाल दुबै संस्थाले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने भएका छन् ।
एनएमबि बैंकले दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफदिइयर नेपाल’ प्राप्त गरि सकेकको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गदै आइरहेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया