प्रधानमन्त्रीको चिकित्सकमा डा. शैल रूपाखेती नियुक्त

काठमाडाैं । स्टार अस्पतालका कार्यकारी निर्देशक डा. शैल रुपाखेती प्रधानमन्त्रीको निजी चिकित्सकमा नियुक्त भएका छन् ।
गत २४ माघमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. रुपाखेतीलाई विशिष्ट श्रेणीको सेवासहित मन्त्रिपरिषद्को चिकित्सकमा नियुक्त गरेको हो ।
‘नेपाल सरकार मन्त्रिपरिषदको माघ २४ गतेको निर्णयअनुसार तपाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को (विशिष्ट श्रेणी) चिकित्सक तोकिएको व्यहोरा सहर्ष जानकारी गराउँदछु,’ पत्रमा भनिएको छ ।
प्रधानमन्त्री कार्यालयले गत आइतबार डा. रुपाखेतीलाई नियुक्तिको पत्र दिएको हो ।
ताजा अपडेट
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गरिने
-
आजको मौसम पूर्वानुमान : पहाडी भू भागमा आंशिक बदली हुन
-
सुरु भयो यस वर्षको सर्वोच्च शिखर आरोहण, ४२१ चुचुरोतिर
-
तीन प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
-
‘भारतबाट जिटुजीमार्फत मल आउँदै छ, यस वर्ष अभाव हुन्न’
प्रतिक्रिया