सुनको मूल्य १००० रूपैयाँ घट्यो
काठमाडाैं । बिहीबार बढेको सुनको मूल्य शुक्रबार घटेको छ । शुक्रबार सुनको मूल्य तोलामा एक हजार रूपैयाँ घटेर ९७ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ८ सय रूपैयाँ बढेर ९६ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
बुधबार छापावल सुन एक हजार रूपैयाँ घटेर ९७ हजार रूपैयाँमा कारोबार भएको थियो भने मंगलबार ७ सय रूपैयाँ घटेर ९८ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार सुनको मूल्य ९८ हजार ७ सय रूपैयाँ र आइतबार ९८ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेकोमा बिहीबार ९७ हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तोला ५ रूपैयाँ बढेको चाँदी आज १५ रूपैयाँ बढेको छ छ । महासंघका अनुसार बिहीबार चाँदी प्रतितोला एक हजार २५० रूपैयाँमा कारोबार भएकोमा आज एक हजार २७० रूपैयाँमा कारोबार भइरहेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया