उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुिक्त नपाउन् : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यबस्था हटाउन माग गरेका छन् ।
बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउनु नहुनेमा युवा नेता पौडेलले जोड दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले बलात्कारजस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुने उल्लेख गरेका छन् ।
‘मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ । पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ’, उनले ट्विटरमा लेखेका छन्, ‘बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न ।’
केही दिनअघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको विरोध भइरहेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया