उजुरीको हदम्यादका कारण बलात्कारीले उन्मुिक्त नपाउन् : प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने व्यबस्था हटाउन माग गरेका छन् ।
बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था आउनु नहुनेमा युवा नेता पौडेलले जोड दिएका हुन् ।
सामाजिक सञ्जालमार्फत उनले बलात्कारजस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुने उल्लेख गरेका छन् ।
‘मुलुकी अपराध संहिता २०७४,बालबालिकासम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ । पीडितहरू प्रताडनाबाट गुज्रने गरेको पाइएको छ’, उनले ट्विटरमा लेखेका छन्, ‘बलात्कारका पुराना घटनाको उजुरी नलिँदा पीडितले हरेश खाने तथा अपराधीले सहजै उन्मुक्ति पाउने अवस्था छ। यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न ।’
केही दिनअघि मात्रै एक किशोरीले सुन्दरी प्रतियोगिताका आयोजक सदस्यबाट बलात्कारमा परेको घटना सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा बलात्कारका मुद्दामा उजुरीको हदम्याद तोकिने व्यवस्थाको विरोध भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया