१५ अंकले घट्यो नेप्से, कारोबार रकम ९३ करोडमा खुम्चियो

काठमाडाैं । साताको अन्तिम दिन नेप्से घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) का अनुसार आज नेप्से १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक २.४७ अंकले घटेर ४३४.७३ अंकमा पुगेको छ ।
आज नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२३ कम्पनीको २५ लाख २४ हजार २६८ सेयर खरिद बिक्री हुँदा ९३ करोड २२ लाख ६ हजार ८४ रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका १३ वटा उपसमूहमध्ये सामूहिक लगानी कोषको सेयरमूल्यबाहेक सबैको घटेको छ । सामूहिक लगानी कोषको सेयरमूल्य ०.४६ प्रतिशतले बढेको हो ।
आज सबैभन्दा बढी व्यापारको २.३८ प्रतिशतले सेयरमूल्य घटेको छ । त्यस्तै वित्तको ०.९३ प्रतिशतले घटेको छ । अन्य उपसमूहरूमा जलविद्तुतको सेयरमूल्य ०.३८ प्रतिशतले घटेको छ । त्यस्तै बैंकिङ ०.४२, होटल तथा पर्यटन ०.२६, विकास बैंक ०.८५, अन्य २.०६, लघुवित्त ०.३१, लगानी ०.५८ प्रतिशतले घटेको छ । नीर्जीवन बीमा कम्पनी १.४४, उत्पादन ०.३९ र जीवन बीमा कम्पनी १.११ प्रतिशतले घटेको छ ।
कारोबारको आधारमा आज अरूण काबेली पावरको सबैभन्दा धेरै तीन करोड २ लाख ४५ हजार ५०७ रूपैयाँको कारोबार भएको छ । त्यस्तै हिमालायन डिष्टिलरीको २ करोड ८४ लाख ६० हजार ७३२ रूपैयाँको कारोबार भएको छ ।
शुक्रबार सबैभन्दा धेरै सामूदायिक लघुवित्त वित्तिय संस्थाको शेयरमूल्य २.७३ प्रतिशतले बढेको छ । त्यस्तै स्री इन्भेष्टमेन्ट फाइनान्सको २.५९, लक्ष्मी लघुवित्तको २.१६ प्रतिशतले बढेको छ ।
तेह्थुम पावर कम्पनीको सबैभन्दा धेरै ४.९४ प्रतिशतले सेयरमूल्य घटेको छ भने प्रभु लाइफ इन्स्योरेन्सको ३.८० प्रतिशतले सेयरमूल्य घटेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया