चितवनमा हावाहुरीको बितण्डा, अटोरिक्सामा सवार दुईसहित तीन जनाको मृत्यु
काठमाडौं । चितवनमा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उनले बताए ।
घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उनले जानकारी दिए । उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरू ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया