पढाउन छोडेर शिक्षक सेवा आयोगको तयारीमा नबस्न शिक्षकहरूलाई चेतावनी
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालयको पठनपाठनमा ध्यान दिन चेतावनी दिएको छ ।
पछिल्लो समय शिक्षकहरू पढाउन छाडेर शिक्षक सेवा आयोगको परीक्षा तयारीमा केन्द्रीत भएको गुनासो आएको भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
मन्त्रालयले विद्यालय छाडेर परीक्षा तयारीमा सामेल हुने, कोचिङ कक्षामा पढ्ने र पढाउनेजस्ता समस्या बढेको भन्दै यस्तो काम रोक्न निर्देशन दिएको छ ।
मन्त्रालयले यसबारे अनुगमन गरी यस्ता गतिविधि नियन्त्रण गर्न स्थानीय तहलाई आग्रहसमेत गरेको छ ।

ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया