अमेरिकी मन्त्री तिब्बती शरणार्थी शिविरमा, चीन असन्तुष्ट

काठमाडौं । प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको भ्रमण गरेकी छिन् ।
तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजकसमेत रहेकी जियाले त्यहाँ गएर तिब्बती शरणार्थीहरूको जनजीवन र उनीहरूको धारणा बुझेकी छिन् ।
परराष्ट्र मन्त्रालयले भने जियाले तिब्बती शरणार्थी शिविर भ्रमण गर्ने सम्बन्धमा जानकारी नभएको बताएको थियो । उनले नेपाल सरकारलाई जानकारी नदिइ तिब्बती शरणार्थी शिविरको अवलोकन गरेकी हुन् ।
नेपालमा जियाको भ्रमणलाई लिएर चीन असन्तुष्ट रहेको छ । गत बुधबार मात्रै अमेरिकी सहायक विदेशमन्त्री आउनुअघि नेपालस्थित चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री बालकृष्ण खाडसँग भेट गरेकी थिइन् ।
अमेरिकी अधिकारीको भ्रमण र नेपालबाट हुन सक्ने चीन विरोधी गतिविधि र शान्ति सुरक्षाको विषयमा उनले ध्यानाकर्षण गरेको गह मन्त्रालय स्रोतले जनायो । (यो समाचार राजधानी दैनिकबाट साभार गरिएको हो ।)
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया