विराटनगर आँखा अस्पतालमा रोजगारीको अवसर
विराटनगर । विराटनगर आँखा अस्पतालले विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको छ । अस्पतालले करार सेवामा अस्पतालबाट सञ्चालन हुन लागेको ‘सुन्दर संसार’ प्रोजेक्टको लागि कर्मचारी माग गरेको हो ।
अस्पतालले कार्यक्रम पर्यवेक्षक, सामुदायिक स्वास्थ्य कार्यकर्ता, नेत्ररोग सहायक र सहायक अप्टिकल सहायक पदमा कर्मचारी आव्हान गरेको छ । उक्त पदका लागि अस्पतालले उमेरको हदमा ३५ वर्ष ननाघेको तोकेको छ ।
अस्पतालका अनुसार इच्छुक उम्मेदवारले जेठ १९ गतेसम्म शैक्षिक प्रमाणपत्र, बायोडाटा, निवेदन तथा नागरिकताको फोटोकपीसहित अस्पतालको प्रशासन र इमेलमार्फत आवेदन दिन सक्नेछन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया