थप ६ जनामा कोरोना पुष्टि, १३ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना पुष्टि भएको छ । दुई हजार २२६ जनामा कोरोना परीक्षण गर्दा पिसीआर विधिमा ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । त्यस्तै आइतबार १३ जना निको भई घर फर्किएका छन् । यो सँगै निको हुनेको कुल संख्या ९ लाख ६६ हजार ९७५ पुगेको छ । जुन कुल संक्रमितको ९८.८ प्रतिशत हो ।
मन्त्रालयका अनुसार आइतबार १४१ जना सक्रिय संक्रमित छन् भने खोप लगाउनेको संख्या १७ हजार ३०२ रहेको छ ।
ताजा अपडेट
-
पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण सम्पन्न
-
नेपाल औषधि लिमिटेडले २० प्रकारका औषधि उत्पादन गर्ने
-
फाँट र खोला किनारमा देखिन छाडे बकुल्ला
-
भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय
-
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने
प्रतिक्रिया