ट्र्याक्टरसँग स्कुटर ठोक्किँदा एकको मृत्यु
कैलाली । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कैलालीको कुचैनी सडकखण्डमा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा लम्कीचुहा नगरपालिका–१ की ३० वर्षीया सविता कँडेलको मृत्यु भएको हो ।
पूर्वतर्फ गइरहेको से१त ६८२७ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आइरहेको सुप प्र ०१–००८ प १७८३ नंको स्कुटर एकापसमा ठोक्किएका हुन् । दुर्घटनामा स्कुटर चालक कँडेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा स्कुटरको पछाडि सवार लम्कीचुहा नगरपालिकाका जमुना सिंह घाइते भएकी छन् । घाइतेको धनगढीमा उपचार भइरहेको छ । प्रहरीले चालकलाई ट्र्याक्टरसहित नियन्त्रणमा लिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया