नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन
काठमाडौं । दुई गोल पछि परेको अवस्थामा नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।
आइतबार राति घरेलु मैदानमा सम्पन्न निर्णायक तथा अन्तिम खेलमा एस्टन भिल्लालाई ३–२ गोल अन्तरले हराउँदै साविक विजेता सिटीले छैटौँपटक प्रिमियर लिगको उपाधि जित्न सफल भएको हो ।
एस्टन भिल्लाले खेलको ३७ औँ मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफ सिटी १–० गोल अन्तरले पछि पर्यो । दोस्रो हाफको ६९ औँ मिनेटमा फिलिप काउटिन्होले गोल गर्दै एस्टन भिल्लालाई अप्रत्यासित रुपमा २–० ले अगाडि बढाए ।
अर्कोतिर लिभरपुल उल्भसँग अर्को निर्णायक खेल लेलिरहेको थियो । घरेलु मैदानमा लिभरपुल १–१ गोलको बराबरीको अवस्थामा थियो । यस्तो अवस्थामा लिभरपुलले उल्भविरुद्ध अर्को गोल हानेको खण्डमा द्ुई गोलले पछि परेको सिटीको लिग जित्ने आशा सकिने अवस्थामा पुगेको थियो ।

तर, सिटीले हार खाएन । अन्तिम २४ मिनेटभित्र तीन गोल गर्दै सिटीले खेलमात्र जितेन लिग पनि आफ्नो कब्जामा पार्यो ।
खेलमा ७६ औँ मिनेटमा प्रतिस्थापन खेलाडी इकाई गुण्डोगानले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । त्यसपछि पनि सिटीले लगातार आक्रामक खेल खेल्यो । खेलको ७८ र्औ मिनेटमा पेड्रीले गोल गर्दै सिटीलाई बराबरीमा ल्याए ।
त्यसपछि पुनः गुण्डोगानले ७८ औँ मिनेटमा गोल गरेपछि नाटकीय ढंगले सिटीले उपाधि जितेको हो ।
उता लिभरपुलले पनि उल्भविरुद्ध दुई गोल थपेर खेल ३–१ ले जित्यो । तर, त्यो उपाधि जित्नका लागि पर्याप्त भएन । सिटीको कमब्याकले लिभरपुल स्तब्ध भइसकेको थियो ।
सिटीले लिभरपुललाई एक अंकले पछि पार्दै उपाधि जित्न सफल भयो । सिटीको ९३ तथा लिभरपुलले ९२ अंक ल्याएको छ । लिभरपुल दोस्रो भएको छ ।
उपाधिका लागि निर्णायक खेल जारी : पहिलो हाफ लिभरपुल बराबरीमा, सिटी एक गोलले पछि – NepalWatch
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया