सलाह र सनलाई गोल्डेन बुट, दुई ब्राजिलियन गोलकिपरले जिते गोल्डेन ग्लोब्स
काठमाडौं । लिभरपुलका मोहमद सलाह र टोटेनहमका सन ह्युङ मिनले इंग्लिस प्रिमियर लिगको गोल्डेन बुट अवार्ड जितेका छन् ।
प्रिमियर लिगको २०२१÷२२ को सिजनमा सर्वाधिक गोलकर्ता बन्दै उनीहरूले संयुक्त रुपमा यो अवार्ड पाएका हुन् ।
इजिप्टियन सलाह र दक्षिण कोरियन सनले समान २३ गोल गरेका छन् ।
सलाहले उल्भविरुद्धको अन्तिम खेलमा १ गोल गरेका थिए भने सनले २ गोल गरे ।
सलाहले सर्वाधिक असिस्टको उपाधिसमेत हात पारेका छन् । उनले यस सिजन १३ असिस्ट प्रदान गरेका थिए ।
यस्तै गोल्डेन ग्लोब्स अवार्ड पनि दुई खेलाडीले बाँडेका छन् । यस सिजन च्याम्पियन म्यानचेस्टर सिटीका एडर्सन र उपविजेता लिभरपुलका एलिसन बेकरले संयुक्त रुपमा गोल्डेन ग्लोब्स अवार्ड पाएका हुन् ।
यी दुवै ब्राजिलियन कोलकिपरले यस सिजन २० क्लिन सिट राखेका थिए ।
नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटी बन्यो प्रिमियर लिग च्याम्पियन – NepalWatch
ताजा अपडेट
-
सहकारी ठगीमा संसदीय समिति बनाउन सहमति, कानूनमन्त्रीको नेतृत्वमा मस्यौदा कार्यदल गठन
-
राष्ट्रिय परिचयपत्र हुनेले अब लाइसेन्स बोक्नु नपर्ने
-
२५ चालकमाथि चेकजाँच हुँदा ६ जनाले लागुऔषध सेवन गरेर सवारी चलाएको भेटियो
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
प्रतिक्रिया