रियलविरुद्ध पिएसजीको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको अन्तिम १६ को म्याचमा रियल म्याड्रिडविरुद्ध पिएसजीले रोमाञ्चक जित निकालेको छ । बुधबार बिहान भएकाे खेलमा रियल म्याड्रिडविरुद्ध पिएसजीले अन्तिम समयमा एक शून्य गोलको रोमाञ्चक जित निकालेको हो ।
खेलको ९० मिनेटसम्म बराबरीतर्फ अघि बढेको म्याचकाे ९३ औं मिनेटमा एम्बाप्पेले गोल गरेर महत्वपूर्ण जित दिलाएका हुन् ।
नेयमारको ब्याकहिल पासमा एम्बाप्पले विजयी गोल गरेका हुन् ।
त्यस अघि मेसीले पेनाल्टी मिस गर्दा पिएसजी अग्रता लिनबाट चुकेको थियो ।
तर अन्तिम समयमा पिएसजीले रोमाञ्चक जित निकालेर घरेलु मैदानमा महत्वपूर्ण जित निकाल्यो ।
अब दोस्रो लेग रियलको मैदानमा अर्को महिनामा हुनेछ ।
पिएसजीले २१ सट प्रहार गर्दा ८ अन टार्गेट प्रहार गरेको थियो । तर रियलले तीन प्रहार गर्दा एक सट पनि अन टार्गेट प्रहार गर्न सकेन ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया