काठमाडौंमा बालेन जिततर्फ अघि बढेपछि कांग्रेसले मुख खोल्यो
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्रका बालेन शाहले अस्वाभाविक नतिजा ल्याएपछि कांग्रेसले मुख खोलेको छ ।
परम्परागत रुपमा बलियो प्रभाव रहेको काठमाडौंमा स्वतन्त्रका बालेनले प्रभावशाली अग्रता लिंदै जिततिर लम्किएपछि कांग्रेसले औपचारिक प्रतिक्रिया दिएको हो ।
चुनावी परिणामका विषयमा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ७५३ स्थानीय तहमध्ये केही ठाउँमा काठमाडौंको जस्तो अपवाद हुने बताए । तर काठमाडौंमा स्वतन्त्रका बालेन जिततर्फ अघि बढ्दै गरेको विषय कांग्रेसको नोटिसमा परेको उनले बताए ।
‘निर्वाचनमा अपवाद हुन्छ । ७५३ तह छन् केही अपवाद हुन्छन् । यस्तोमा कांग्रेस असफल भयो भन्ने हुँदैन । काठमाडौंको नतिजा आइसकेको छैन । के कारणले युवाहरु असन्तुष्ट भए ? पार्टीले सम्बोधन गर्नुपर्छ’ महतले भने, ‘केही ठाउँमा अपवादको परिणाम आउँदामा नै कांग्रेस फेल भयो, पार्टी फेल भयो भन्न मिल्दैन । पार्टीहरुले अनुभवबाट पाठ सिक्छन् । कांग्रेसले सिक्छ । युवालाई नेतृत्व तहमा ल्याउनुपर्छ भन्ने सन्देश दिएको छ । हामीले पनि युवालाई उम्मेदवार बनाएका छौं । काठमाडौंको नतिजालाई नोटिसमा लिएका छौं । नजिकबाट हेर्ने कहाँ कहाँ कमजोरी भए हामी हेर्छौ । समीक्षा गर्छौ ।’
ताजा अपडेट
-
पढ्ने रहर भएकालाई कसरी सहयोग गर्छ क्यानोपि नेपाल ?
-
डा. गोविन्द केसीले ताेडे अनसन
-
फिनल्यान्डले नेपाललाई १ अर्ब ८७ करोड अनुदान दिने
-
नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
-
राष्ट्रिय बीमा कम्पनीको उपशाखा डोटीमा कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न
प्रतिक्रिया