पार्किङमा राखिएको एम्बुलेन्समा आगजनी

गुल्मीमा रोकिराखिएको एम्बुलेन्समाथि आगजनी गरिएको छ । आगजनीबाट एम्बुलेन्सको आधा भाग जलेको छ ।
मुसिकोट नगरपालिका–४ स्थित एक घरमा पार्किङ गरी राखिएको लु २ च २३७८ नम्बरको एम्बुलेन्समा गएराति १० बजे आगजनी गरिएको हो ।
एम्बुलेन्समाथि कसले आगजनी गर्यो भन्ने खुलेको छैन । घटनाबारे जानकारी पाएपछि त्यसतर्फ टोली पठाएको जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
एम्बुलेन्स मुसिकोट नगरपालिका ३ र ४ का भारतीय भूतपूर्व सैनिकले खरिद गरेर स्थानीय स्वास्थ्य चौकीलाई दिएका थिए ।
ताजा अपडेट
-
भन्सार विधेयक राष्ट्रिय सभाबाट पारित
-
एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय
-
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिनालाई ६ महिनाको जेल सजाय
-
राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय
-
आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रियसभाबाट स्वीकृत
प्रतिक्रिया