इन्धनको मूल्यवृद्धि विरुद्ध १३ विद्यार्थी संगठन सडकमा, संघर्षको कार्यक्रम सार्वजनिक

काठमाडौं । एकहप्ता नबित्दै सरकारले इन्धनको मूल्यबृद्धि गरेको भन्दै संयुक्त विद्यार्थी संगठनले सरकारको ध्यानाकषर्ण गराएका छन् । इन्धनबृद्धिका कारण जनताको दैनिक उपभोग्य वस्तुमासमेत चरम मूल्यवृद्धि भएको आरोप लगाएका छन् ।
सोमबार सत्तारुढ र प्रतिपक्षीका भातृसंगठनले नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन लगायत १३ विद्यार्थी संगठनले संयुक्त आन्दोलन घोषणा गरेका हुन् ।
दैनिक जीवनसँग जोडिएको पेट्रोल, डिजेल, मट्टितले लगायत इन्धनमा भएको मूल्यवृद्धिले जनताको ढाड सेकिएको विज्ञप्तिमा उल्लेख छ ।
सरकारले मूल्यवृद्धि भएको एकहप्ता नपुग्दै इन्धनको मूल्य १० रुपयाँ बढाएको छ । अहिले पेट्रोलको मूल्य १८०, डिजेर र प्रेट्रोलको मूल्य १६३ पुगेको छ ।
ताजा अपडेट
-
काठमाडौँ महानगरमा कक्षा ११ मा पढ्ने विद्यार्थीका लागि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला
-
नक्सालमा जनकपुरे माछा
-
किवीखेतीबाट गाउँमै भविष्य खोज्दै युवा
-
ताप्लेजुङमा पहिरोले घर पुरिँदा चार जना घाइते
-
राष्ट्रिय प्रसारण ‘ग्रीड कम्पनी’ र पाँच जलविद्युत् कम्पनीबीच ‘ग्रीड कनेक्सन’ सम्झौता
प्रतिक्रिया